दफा १२
जलस्रोतको उपयोगको लागि करार गर्न सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै स्वदेशी वा विदेशी कम्पनी, सङ्गठित संस्था वा व्यक्तिसित प्रचलित
कानूनको अधीनमा रही करार गरी सोही करारमा उल्लेखित शर्तहरू बमोजिम कुनै जलस्रोतको विकास, उपयोग र सेवा विस्तार गर्न, गराउन सक्नेछ ।